मदन भण्डारीको चर्चित भाषण : महाराज, हात नलम्काइबक्सियोस्, आँखा नचम्काइबक्सियोस् ! (अडियोसहित)


काठमाडौं – जननेता मदन भण्डारीको आज ७३औं जन्मजयन्ती । नेपाली राजनीतिमा उनको छुट्टै स्थान छ । २०५० सालमा दासढुङ्गा दुर्घटनामा उनको रहस्यमय मृत्यु भएको थियो ।

मदनको भाषणकला बेजोडको थियो । उनको भाषणका सुन्नका लागि हजारौं जनता उर्लिन्थे । भण्डारी र तत्कालिन एमालेको संगठन विभाग प्रमुख रहेका जीवराज आश्रितको दासढुंगा दुर्घटनामा निधन भयो । उनको मृत्युलाई एमालेले अहिलेसम्म पनि हत्या भन्दै आइरहेको छ ।

नेपाली राजनीतिका चर्चित भाषणमध्ये एक थियो मदन भण्डारीको २०४७ चैत ५ मा काठमाडौंमा आयोजित चुनावी सभाको भाषण ।

नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीले दिएको मन्तव्य सबैभन्दा चर्चित छ  । उनले गरेको सोही भाषणको चर्चित अंश यस्तो छ । उनले सो सभामा राजालाई चुनौति दिएका थिए ।

सुनौ अडियो

प्रतिक्रिया