हनि ट्रयापर शोभा पाठक अस्पताल भर्ना,तारा बराल ५ हजार धरौटीमा रिहा


काठमाडौं– भीआइपी टार्गेट गरेर ‘हनि ट्रयाप’ मा पर्ने शोभा पाठक अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएको बताएपछि उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ ।

साइबर ब्युरोले मुद्दा बुझाउने तयारी गरेको बेला उनी बिरामी परेकी हुन । उनी २ दिनयता अस्पतालमै रहेको ब्युरोका एसपी दिपकराज अवस्थीले जानकारी दिए ।

एकजना पीडित महिलाको उजुरीका आधारमा साइबर ब्युरोको टोलीले शोभा पाठकलाई पक्राउ गरेको थियो ।

पाठकको नाम राजनीतिक दलका उच्च तहका नेता,सुरक्षा निकायका उच्च अधिकारीसंग जोडिएको थियो ।

यस्तै साइबर ब्युरोले पक्राउ गरेर मुद्दा तारा बराल भने ५ हजार धरौटी तिरेर रिहा भएकी छन् ।

तारा र शोभा दुवैले सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्रहत्या गर्ने लगायतका अपराधिका कार्य गरेको उजुरीका आधारमा उनीहरु पक्राउ परेका थिए ।

प्रतिक्रिया