के साँच्चै हामी आधुनिक एवम् सफलताको युगमा छौं त ?


हाम्रो सोच हाम्रो मानसिकता, अनि हाम्रो ब्यवहार मा परिवर्तन  आएकै छ त ???

प्रश्न आउँछन मनमा  ….. !

हालै घटित काठमाडौ संघीय संसद भवन को घटना ले भित्रदेखिनै एउटा चीत्कार भयावह आवाज फुट्यो मन मष्तिस्कनै खलबलाउने गरि कता जाँदैछ हाम्रो युवा पुस्ता अहिलेको समाज ?

काठमाडौ संघीय संसद भवनमा कार्यरत मात्रै २२ बर्षिय अजित गोले प्रहरी जवान जस्ले आफैलाइ गोलि प्रहार गरेर आत्महत्या गरे,  एउटा रक्षक अनि देशको सिपाही उनिबाट धेरै आशा राखेको हुन्छन् एउटा प्रहरी जवानले हतासिएर निराश भएर आत्महत्या जस्तो बाटो रोज्नु कदाचित ठिक होइन तर कारण थियो आफैले खर्च ब्यवस्था मिलाएर पठाएकी उनकी प्रेमिकाले उनलाई धोका दिनु उनको बेवास्ता गर्नु !

मायाप्रेमको जालमा पारेर अरुको फाइदा उठाउनु अनि आफ्नो काम बनिसकेपछी बेवास्ता गर्नु किन यति स्वार्थमा लिप्त छ अहिले को समाज, कस्तो मानसिकताको विकास हुँदैछ र किन ?

वरिपरिको वातावरण अनि हाम्रो  समाजको कुनै सकारात्मक परिवर्तन वा स्वच्क्ष मानसिकता देखिदैन , समयले खुड्किला मारेर हामी अगाडी बढेपनी हामिमा हाम्रो सोचमा परिवर्तन आएकोछैन वा भनु झनै घिनलाग्दो ब्यवहार हुदै जाँदैछ अहिले को हाम्रो समाजको, आफ्नो कमिकम्जोरी औलाउनुभन्दापनी एक अर्कोको खुट्टा तान्नु हरुको निजि जीवन मा हस्तक्षेप गर्नु, चाहिनेभन्दा बढी अरुप्रती चासोराख्नु , सामाजिक सन्जाल अन्तर्गत  अरुको निजि जीवन प्रतिनै ब्यग्य गर्नु नकारात्मक टीकाटिप्पणी गर्नु  राम्रोकाम नदेख्नु केवल नराम्रो पाटो  मात्र केलाउनु, दोसारोपण गर्नु….

के हामीले परिवर्तनको नाममा यहिमात्र सिकौं त ???

संस्कार ले ब्यक्तीलाई समाजलाई बाधेर राख्नेगर्छ, अहिले त हामीले हाम्रो संस्कार नै गुमाएको छौं, ( अहिले को पुस्ता ले आफ्नो अधिकार लिन सिक्यो तर संस्कार लिन सिकेन )

पढे लेखेर डिग्री त हासिल गर्यौं तर संभ्यता अंगाल्न सिकेनौं  शिष्टाचार अनुशासनबिहिन भयौं, हामीलाई सबै कुरा थाहा छ सबै कुराको ज्ञान छ भनेर घमण्ड गर्छौं तर त्यो कुरा जीवनमा लागु गर्दैनौं,  बाटोघाटो फोहोर गर्न हुँदैन,  ब्यवहारिक नैतिकवान  अनुशासित हुनुपर्छ भन्ने थाहा छ तर पनि  किन यी कुरा अंगाल्न सक्दैनौं !  सबै थाहा छ तर हामी बाटोघाटो फोहोर मिल्काउछौं,  पानीको खाली बोट्ल सडक छेउछाउ मिल्काउछौं, यो त एउटा् उदाहरण मात्रै यस्ता ज्ञान हुँदाहुँदै गर्ने अनेकौं गल्तिहरु छन, अनि सामाजिक संन्जालमार्फत अरुको पोष्टाइएको तस्बिरहरुमा खुलेर हस्तक्षेप गर्छौं अपशब्दको प्रहार मात्रै होइन अरुको मानसिक स्थिति खलबलिने गरि अश्लील शब्दले प्रहार गर्छौं, यहि हो त हामीले २१ औं शप्ताब्दीमा आएर सिकेको उपलब्धि ज्ञान ??

यहि होत शिक्षित समाजको परिभाषा ???

परिवर्तन होइन यहाँ त पतन हुदैछ हाम्रो मानसिकता को हाम्रो सोच सभ्यताको हाम्रो मौलिकता हाम्रो संस्कार को हाम्रो नैतिकता को !!!

एउटा् नैतिकवान ब्यक्तीले समाज मात्रै होइन देश नै परिवर्तन गर्ने क्षमता राख्छ तर खडेरी परेछ चरीत्रवान नैतिकवान ब्यक्तिको अहिले को हाम्रो समाजमा  अफसोस गर्नु सिवाय केहिछैन अहिले  , अहिलेको हाम्रो समाज भन्दा कयौंगुना राम्रो र ब्यवहारिक थियो अग्रज पुस्ता सहयोग को भाव इमान्दारीता दयावान !

अहिले ब्यक्तिको मानसिकता संकुचित हुदैछ सबैकुराको ज्ञान भएरपनी अंन्जान बन्दैछ !

हाम्रो मानसिकता मा वास्तविक परिवर्तन कहिले आउने त ??  आखिर….?   मन मस्तिष्क खलबलाउने घटनाहरु घटित हुन्छन्  तर पनि यस्ता घटनाहरु मा पुर्ण बिराम लाग्दैन किन !

सकारात्मक रूपमा अगि बढ्न नस्क्नु  मानसिक परिवर्तन नहुनुले हामी सभ्य समाजको सामाजिक ब्यक्ती हौं भन्नुमा लज्जामात्रै बोध हुन्छ, के समयले फड्को मारेर सफलतासंगै बिकाशले हाम्रो मानसिक सोचले फड्को मारेको छ त ? हामी २१ औं सताब्दी मा छौं भन्दा गर्व गर्नेसक्ने भएको छौं त ???

एउटा गम्भीर प्रश्न उठ्छ !

परिवर्तन कहिले त ?

हाम्रो सोच हाम्रो चेतना हाम्रो मानसिकता को ???

प्रतिक्रिया