हेडक्वार्टरले दियो १३ प्रहरीलाई निर्देशन, ‘७ दिनभित्र सम्पर्कमा आउनू’


काठमाडौं – प्रहरी प्रधान कार्यालय नक्सालले १३ प्रहरीलाई ७ दिनभित्र कार्यालयमा सम्पर्क राख्न निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयको कानुन शाखाले विगत लामोसमयदेखि बिना जानकारी कार्यालयमा उपस्थित नरहेकोले प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी जवानसम्मका १३ जनालाई स्पष्टीकरणसहित ७ दिनभित्र सम्पर्कमा आउन ताकेता गरेको हो ।

अन्यथा उनीहरुलाई सेवाबाट हटाउने चेतावनी समय प्रधान कार्यालयले दिएको छ ।

सूचीः

प्रतिक्रिया