आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


काठमाडौँ – नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज बिबिबार पनि ३०० रूपैयाँले बढेको हो ।

केही दीन स्थिर रहेको सुनको मुल्य आज ‍तोलामा ३ सय रुपैयाले बढेर प्रतितोला ८७ हजार २०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८६ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य आज तोलामा २० रूपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १२९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया