‘जिबीलाई भगाउन हो पत्ता लागिसक्यो भनेर माइकबाट फुकेको ?’


काठमाडौं- प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगीको आरोप लागेका गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवी राईलाई भगाउन गृहमन्त्री रवि लामिछाने लागिपरेको आरोप लागएका छन् ।

आइतबार संसदको आकस्मिक समयमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले लोकेसन पत्ता लागिसक्यो भनेर गृहमन्त्री लामिछानेले भगाउन भूमिका खेलेको दाबी गरेका हुन् ।

‘गोरखा मिडिया नेटवर्कको एक जना मालिक गृहमन्त्री हुनुहुन्छ, अर्का मालिक पक्राउ गर्नुपर्नेमा पर्नुभएको छ। गृहमन्त्रीजीले लोकेसन पत्ता लागिसक्यो भन्नु भएको हो ? जिबीलाई भगाउन हो पत्ता लागिसक्यो भनेर माइकबाट फुकेको ?’ उनले प्रश्न गरे ।

 

प्रतिक्रिया