रामेछाप कांग्रेसभित्र विवादको उग्ररुप, ज्यान मुद्दामा मुछिए ८ नेता, २ पक्राउ, ६ भागाभाग ! 


रामेछाप – नेपाली कांग्रेस रामेछापमा पार्टीभित्रको विवादले उग्ररुप लिएको छ । रामेछाप नेपाली कांग्रेसका नेताहरु ज्यान मार्ने मुद्दामा मुछिएका छन् । ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा एक प्रदेशस्तरीय नेता र अर्का नेपाली संघका केन्द्रीय सदस्य पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेपाली कांग्रेस बागमती प्रदेश सदस्य जितबहादुर मगर र नेविसंघका केन्द्रीय सदस्य चन्द्रबहादुर थापा मगर रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध महाशाखाले शुक्रबार राजधानीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि रामेछाप जिल्ला प्रहरी कार्यालय पठाएको छ ।

उक्त घटनामा अन्य ६ जना फरार रहेको पनि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार हुनेमा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि भरतप्रसाद चौलागाईं, महासमिति सदस्य जितेन्द्रकुमार मोक्तान, जिल्ला उपसभापति नवराज थोकर, जिल्ला पार्टी सचिव विनोद कार्की, रामेछाप प्रदेश ख क्षेत्रीय सचिव बेनबहादुर थापा मगर र पूर्व जिल्ला सचिव विष्णु बस्नेत छन् ।

उनीहरुलाई प्रहरीले खोजी गरिरहेको पनि जनाइएको छ ।

प्रतिक्रिया