कपिलवस्तु कारागारबाट सुरुङ खनेर भागेका अन्सारी १५ वर्षपछि पक्राउ


कपिलवस्तु-  १५ वर्षअघि कपिलवस्तु कारागारबाट सुरुङ खनेर भागेका एक जना पक्राउ परेका छन् । भारत उत्तरप्रदेश सिद्धार्थनगर जिल्ला चिल्हिया थाना घर भएका स्कुल मियाँ अन्सारी भनिने मोहम्मद स्कुललाई शिवराज नगरपालिका–७ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवरत्न पौडेलले बताए ।

उनलाई डाँका मुद्दामा अदालतले ६ वर्ष ५ महिना ९ दिन कैद र चार लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

उनीसहित ८ जना कैदी ०६६ माघ २ गते कपिलवस्तु कारागारबाट सुरुङ खनेर भागेका थिए । सुरुङ खनेर भागेका ७ जना भने यसअघि नै पक्राउ परिसकेका छन् ।

 

प्रतिक्रिया