

राष्ट्रिय भेलाबीच आफ्ना सांसदको बैठक गर्दै नेपाल–खनाल पक्ष

ललितपुर – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले संसदीय दलको बैठक बोलाएसँगै झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले पनि आफूनिकटका सांसदहरूको बैठक राखेका छन्।
बुधबारदेखि कार्यकर्ता भेला गरिरहेको नेपाल पक्षले भेलाको दोस्रो दिन अर्थात् बिहीबार बिहान १० बजेका लागि ललितपुरस्थित होटल हेरिटेज गार्डेनमै बस्ने गरी सांसदहरुलाई बोलाएको हो ।
नेपाल पक्षका एमाले सांसदहरु अध्यक्ष ओलीले बोलाएको बैठकमा सहभागी नहुने यसअघि नै जनाएका छन् ।

