

खेल्दाखेल्दै सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु

मोरङ- मोरङमा सेफ्टी ट्यांकीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका- ५ का अनिल पासवानको अढाई वर्षीय छोरा नितेश पासवानको सेफ्टी ट्यांकीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार अपरान्ह समयमा खेल्दै जाने क्रममा नितेश निर्माणाधीन अवस्थामा रहेको शौचालयको सेफ्टी ट्यांकीमा डुबेका थिए ।
उनकी आमाले देखेपछि उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्याइएको थियो । तर उनलाई डाक्टरले मृत घोषित गरेका थिए । घटनाकाे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

