

देशभर १२ सयभन्दा बढीमा देखियो डेंगु

काठमाडौं- सन् २०२४ को हालसम्म देशभर साढे १२ सय जनसंख्यामा डेंगु संक्रमण देखिएको छ । ७२ जिल्लामा डेंगु फैलिइ एक हजार २४१ जनामा संक्रमण पुष्टि भएकोे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।
ईडीसीडीका अनुसार जुन महिनाका १८ दिनमा देशभर १५९ जना डेंगुसंक्रमित थपिएका छन् । यो वर्ष वाग्मती प्रदेशमा सबैभन्दा धेरै ४२८ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै काठमाडौंमा १४१ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
यस्तै, झापामा ११२ जनामा डेंगु पुष्टि भएको छ । चितवनमा ७५, मकवानपुरमा ५९ जना संक्रमित भएको तथ्यांक छ । मुगु, डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङमा भने हालसम्म डेंगु देखिएको छैन ।

