वीर अस्पतालका स्टोरकिपरहरूविरूद्ध प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म उजुरी, छानबिन गरी कारबाही गर्न माग


काठमाडौं – भ्रष्टाचार र अनियमितताका समाचार बाहिरिइरहने मुलुककै ठूलो अस्पतालका रुपमा मानिएको वीर अस्पतालका स्टोरकिपरहरूविरूद्ध प्रधानमन्त्री कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायतका कार्यालयहरूमा उजुरी परेको छ ।

वीर अस्पतालकै कर्मचारीहरूले दिएको उजुरीमा अस्पतालमाको जनरल र मेडिकल स्टोरमा  व्यापक अनियमितता (भ्रष्टाचार) भैरहेको हुँदा छानविन गरि आवश्यक कारवाहीका लागि अनुरोध गरिएको छ ।

निवेदनमा अगाडि उल्लेख गरिएको छ, ‘अहिले पनि यस वीर अस्पतालमा मेडिकल स्टोर ,जनरल स्टोर, खरिद एकाई, अस्पताल फार्मेसीलगायतमा व्यापक अनियमितता भएको छ, टेन्डरबाट  सामान नलिने कोटेश्वनमा पटक-पटक गरि करोडौंको सामान खरिद गर्ने गरेको, विपन्न नागरिक शाखा र सोको  फार्मेसीमा अनियमितता हुने गरेको जनाइएको छ ।’

त्यस्तै ५० हजार माथिको सामान कोटेशनमा समान लिन परेमा अनलाइनमार्फत लिने प्रतिष्ठान कार्यकारीको निर्णय कार्यान्वयन नगरी कमिसनका लागि आफुनिकट व्यापारीसँग महंगोमा  सिधै लिने गरेको जनाइएको छ । साथै त्यस किसिमको अनियमिततामा जनरल स्टोर प्रमुख बैकुण्ठ लुइँटेल, मेडिकल स्टोरका अहेव टिकाराम पनेरु, युवराज सुवेदी, कास नवराज धिताल, खरिद एकाइका अग्निधर बस्यालले निर्देशक डा. सन्तोष पौडेलसँग मिलेर उनीहरूकै रोजाइका व्यवसायीलाई मिल्ने गरी स्पेफिकेशन बनाएर टेन्डर आह्वान गरि महङ्गोमा सामान लिने र कमिशन लिनुका साथै टेन्डरमा भएको सामान पनि महङ्गोमा कोटेशनमा आफू निकटसँग मगाउने कमिसन लिने, करोडौंको नचाहिने समान मगाएर थन्क्याउने, कमिसन नपाउने भएपछी अत्यावश्यक समान नमगाउने गरेको समेत जनाउँदै त्यससम्बन्धमा छानबिन गरी कारबाहीका लागि माग गरिएको छ ।

 

उजुरीः

२०८१/०३/०२

 

सम्माननिय प्रधानमन्त्री ज्यू

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

सिंहदरबार ,काठमाडौं

 

श्री अक्तियार दुरुपयोग अनुसन्धान आयोग

टंगाल ,, काठमाडौं

 

माननीय स्वास्थ तथा जनसंख्या मन्त्री ज्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

रामशाहापथ , काठमाडौं

 

श्रीमान सचिव ज्यु

राष्ट्रिय सतर्कता केन्द्र

सिंहदरबार ,काठमाडौं

 

श्रीमान सचिव ज्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

रामशाहपथ ,काठमाडौं

 

श्रीमान महानिर्देशक ज्यु

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग

पुल्चोक ,ललितपुर

 

 विषय : वीर अस्पतालमा को जनरल र मेडिकल स्टोरमा  व्यापक अनियमितता  (भ्रष्टाचार) भैरहेको हुदा  छानविन गरि  आवश्यक कारवाही गरि पाऊँ ।

  सम्माननीय, माननीय एंव  श्रीमान ज्यु

 गरिव जनताको अस्पताल वीर अस्पतालमा  पटक पटक अनियमितता भएको सार्वजनिक भएकै छ. अस्पतालका कर्मचारी, सरोकारवाला ,सन्चार माध्याम हरुले पनि आवज उठाउनुभएको छ। प्रधानमन्त्री कार्यलय बाट ती विषयमा स्वास्थ्य मन्त्रालय लाई ध्यानाकर्षण  समेत गराउने गरेको छ , अक्तियार दुरुपयोग बाट पनि वीर अस्पतालमा र स्वास्थ्य मन्त्रालय मा पत्राचार गरिरहेको छ , राष्ट्रिय सतर्कता केन्द्रले त दुई पटक बिस्तृत अध्यान गरि अनियमितता देखिएको भनी प्रतिवेदन प्रधानमन्त्री कार्यलयमा पेश गरेको  , आवश्यक थप अध्यान र कारवाहि को लाई अक्तियार दुरुपयोग अनुसन्धान लाई प्रतिवेदन पेश गरेको थियो , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लाई आवश्यक निर्देशन पनि दिएको थियो तर हाल सम्म ती अनियमितता ( भष्टचार)मा सल्लङ लाई कुनै कारवाहि भएको छैन

अहिले पनि यस वीर  अस्पतालमा मेडिकल स्टोर ,जनरल स्टोर, खरिद एकाई ,अस्पताल फार्मेसी लगायतमा व्यापक अनियमितता भएको छ ,टेन्डर बाट  सामान नलिने कोटेश्वनमा पटक पटक गरि करोडौं को सामान खरिद गर्ने गरेको ,विपन्न नागरिक शाखा र सोको  फार्मेसीमा अनियमितता । ५० हजार माथि को सामान   कोटेशन मा समान लिन परेमा अनलाइन मार्फत लिने प्रतिष्ठान कार्यकारीको  निर्णय हुदा पनि अनलाइन कोटेशन नगरि  कमिसनको लाई महङ्गो मा आफुनिकट  व्यापारी सग सिधै लिने गरेको सो अनियमितता मा जनरल स्टोर  प्रमुख बैकुण्ठ लुइँटेल ,मेडिकल स्टोर का अ हे व टिकाराम पनेरु ,युवराज सुवेदी का स नवराज धिताल , खरिद एकाइ मा अग्निधर बस्साल ले  निर्देशक डा सन्तोष पौडेल संग मिलेर टेन्डरमा पहिलै कमिटी बनाउदा  मेडिकल माफियाको योजनामा उनिहरुलाई नै टेन्डर पर्ने गरि स्पेफिकेशन बनाएर टेन्डर आवाहन गरि  महङ्गो मा तिनै लाई पार्दिने र ठूलो कमिसन लिने, टेन्डरमा  भएको सामान पनि महङ्गो मा कोटेशन मा आफू निकट सग मगाउने कमिसन लिने  , करोडौं को नचाहिने समान मगाएर  थन्क्याउने ,कमिसन नपाउने भए पछी अत्यावश्यक समान नमगाउने  सो कारण अस्पताल का विभित्र  विभाग र सेवा  बन्द छ ती विभाग र बन्द सेवा बारे त्याहाका कर्मचारी हरुनै दुवै स्टोर किपर र निर्देशकले कमिसनको कुरा नमिल्दा समान आएन र सेवा बन्द भएको भन्छन । ( निर्देशक साझ ५ बजे पछी कार्यालयमा व्यापारीहरु स्टोर किपर टिकाराम, युवराज, बैकुण्ठ, नवराज लगायतलाई बोलाउदै पैसा बुझि भागबन्डा गर्ने गरेको निर्देशक सचिवालय कै सदस्य बताउछन । निज निदेशक डा सन्तोष पौडेल राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख हुदा पनि अनियमितता गरेकाले अक्तियार दुरुपयोग अनुसन्धान आयोग मा छानवीन भैरहेको छ)समयमै टेन्डर नगरि कोटेशनमा समान लिई करोडौं कमिसन खाने गरेका छन, अनावश्यक (नचाहिने ) सामान करोडौं को मगाएर राख्ने  ( स्टोर र फार्मेसीमा )तर आवश्यक ओषधि, समान नमगाउनेयि वीर अस्पतालका पुराना भष्टचारि समूह हो जसलाई मेडिकल माफिया ले चलाउछन यी भष्ट समूहले अस्पताल कब्जामा राखिरहेका छन   कसैले अस्पताल सुधार र अनियमितता कुरा उठाए धम्काउछन, गुण्डालगाउने तर्साउने ,परिवारै मार्दिन्छु भन्छन  अस्पतालको बजेटमा हालिमुहाली गरेका छन प्रतिष्ठानका पदाधिकारी पनि यी अस्पतालका भष्ट् समुहका नाइकेहरु संग बोल्न सक्दैनन् ।  कर्मचारी को १२ महिना देखिको अतिरिक्त समय काम गरे वापतको पारिश्रमिक नदिने तर कमिसन को लाई अनावश्यक करोडौं सामान मगाएर थन्किएको  छ स्टोर मा आएर हेर्दा स्पष्ट थाहा हुन्छ । हालै बिज्ञापन भएको १०० नर्स मा पनि आफुनिटक लाई  २-३ लाख लिदै नाम निकाल्छु भनेर पौडेल, पनेरु ,सुवेदी ,धितालर लुइँटेल  र यिनको समुहले २०-३० जना जम्मा गरेको परीक्षा समिति सोत् बताउछ यो समन्धमा कर्मचारी ले प्रतिष्ठान मा कुरा गर्दा  प्रशासन प्रमुख आफुले पनि सुनेको तर यो भन्दा बढी थाहा नभएको,  निर्देशकले  आफू काहा कुनै फाइल ल्यादैनन सिधै माथि जान्छन् अरु थाहा भएन एक पदाधिकारी ले भने । यस वीर अस्पतालमा यतिका भष्टाचार हुने गरेका छ

यो आ व २०८०/८१ को सम्पुर्ण आम्दानी  र खर्च (आन्तरिक र नेपाल सरकारको अनुदान) साथै  बर्ष भरिको टेन्डरमा के कति मेडिकल, जनरल र फार्मेसी समान, उपकरण  कुन फर्म संग खरिद गरेको सो को खर्च र के कति मौज्दात छ साथै  कोटेशनमा कुन कुन समान खरिद  गरेको कुन फर्म संग कति मुल्यमा लिएको हो सो सबै छानबिन गरि अनियमितता (भष्टाचार )गर्ने माथि आवश्यक कारवाहि को लागि अनुरोध गर्दछौं । साथै  उल्लेखित ब्यक्ति र शाखा का कर्मचारी को सम्पत्ति समेत छानबिन गरि पाऊ। यस अनियमितता  बिषयमा प्रतिष्ठान पदाधिकारि सग कुरा राख्दा कुनै सुनुवाइ भएको छैन । अस्पताल जोगाउन यी भ्रष्ट लाई तत्काल सम्पत्ति   छानबिन र कारवाही गर्नु पर्छ ।

यिनै भष्ट का कारण अस्पताल सेवा बिस्तार भएको छैन, एमआरआई बनेको छैन,ल्याव मा विभिन्न जाँच बन्द छ, आइसियु पुर्ण रुपमा  सन्चालामा आएको छैन, फार्मेसीमा मेडिसिन छैन, केही वार्ड बन्द छ यो सबै भष्ट समुहले  कमिसन नपाएका कारण सामान नमगाएर बन्द भएको हो ।

अस्पताल कब्जा गर्ने भष्ट् समूहमा  निर्देशक डा सन्तोष पौडेल, मेडिकल स्टोरका प्रमुख अहेव टिकाराम पनेरु अर्को सदस्य अहेव युवराज सुवेदी कार्यलय सहयोगी नमराज धिताल, जनरल स्टोर प्रमुख इलेक्ट्रिसियन बैकुण्ठ लुइँटेल खरिद एकाइका अहेव अग्निधर बस्याल, नासु धर्मानन्द गुरागाइ  #

 

बोर्धार्थ

 श्री चि वि रा प्र

श्रीमान प्रमुख

कर्मचारी प्रशासन

चिविराप्र वीर अस्पताल

 

 वीर अस्पताल कर्मचारी परिवार

                    २०८१/०३/०२

प्रतिक्रिया