वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु


एजेन्सी । मध्य अमेरिकी मुलुक एल साल्भाडोर र ग्वाटेमालामा भारी वर्षा पछि आएको बाढी र पहिरोका कारण १३ जनाको ज्यान गएको छ ।

एल साल्भाडोरमा अहिलेसम्मको सबैभन्दा बढी प्रभावित पश्चिमी जिल्ला टाकुबामा सोमवार पाँच जनाको मृत्यु भएको नागरिक रक्षा प्रमुख लुइस अमायाले जानकारी दिए ।

यस्तै राजधानीको राजमार्गमा यात्रा गरिरहेको कारमा रूख र पोलहरु खस्दा आइतवार दुई जनाको मृत्यु भएको थियो ।

शुक्रदेखि आइतवारसम्म बाढी र पहिरोमा थप चार जनाको मृत्यु भएको छ ।

गत शनिवारदेखि नै दुवै स्थानमा वर्षा निरन्तर जारी छ ।

ग्वाटेमालामा, पश्चिमी नगरपालिका सकापुलासको चाकाया गाउँमा दुईजनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन् ।

इक्वेडरमा पहिरोमा परि मृत्यु हुनेहरूको सङ्ख्या सात पुग्नुका साथै अन्य २२  जना घाइते भएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया