मोरङमा घरमै बसेकी विपनाको चट्याङ लागेर मृत्यु


काठमाडौं- मोरङको रतुवामाई नगरपालिका– ४ झुर्कियामा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ ।  १६ वर्षीया विपना महतोको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

घरमै रहेकी महतो बिहान साढे ७ बजेतिर चट्याङ लागेर गम्भीर घाइते भएकी थिइन् ।  उपचारका लागि रंगेली अस्पताल लगिए पनि उनकाे बाटोमै मृत्यु भएको थियो ।

प्रतिक्रिया