गृहमन्त्री निलम्बनको मागसहितको रिट न्यायाधीशद्वय शर्माको इजलासमा, पहिलो नम्बरमै पालो


काठमाडौं — गृहमन्त्री रवि लामिछानेलाई निलम्वन माग गरिएको रिट न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा पेशी तोकिएको छ। अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट पहिलो नम्बरमा पेशी तोकिएको छ।

गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा जोडेर निलम्बनको माग रिटमा गरिएको छ। महान्यायाधीवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा ‘क्लिनचिट ’  देखिने गरी पत्र दिएको थियो। उक्त पत्रमा लामिछानेका विरुद्ध कुनै पनि अदालतमा अभियोग नभएको र अनुसन्धान पनि नभएको भनिएको थियो ।

उक्त पत्र संसद् देखि राजनीतिक दलको वैठकमा गृहमन्त्री लामिछानेले पेस गर्दै आफू कुनै पनि ठगीमा संलग्न नभएको जिकिर गरेपछि पत्र विवादमा परेको थियो । उक्त पत्रलाई पनि बदर गर्नुपर्ने र लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा पूरक जाहेरी परेको र अन्य अदालतमा पनि अभियोग पत्रमा नाम उल्लेख भएको दाबी गर्दै निलम्बनमा माग गरिएको थियो ।

आज हुने सुनुवाइले अन्तरिम आदेशबारे निर्णय गर्नेछ । सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा लामिछाने निलम्बन हुने छन् । यदि नगरेमा उनी गृहमन्त्रीमा रहन कुनै वाधा हुने छैन ।

प्रतिक्रिया