
झापामा बिहानै टिपर र बस ठोक्किँदा २१ जना घाइते
झापा- झापाको कमल गाउँपालिका- ४ चुलाचुली मोडमा बस र टिपर ठोक्किँदा २१ जना यात्रुहरू घाइते भएका छन् ।
मङ्गलवार बिहान झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा३ ख २१६६ नम्कोबरकाे टिपर र विपरीत दिशा तर्फबाट जाँदै गरेको को १ ख ५०८७ नम्बरकाे यात्रु बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताए ।
दुर्घटनामा परेर बसमा सवार रहेका २१ जना यात्रुहरुहरु घाइते भएको र उनीहरूको उद्धार गरेर उपचारको लागी दमक रिसर्च सेन्टर अस्पताल दमकमा ११ जना, लाइफलाइन अस्पताल दमकमा ९ जना र दमक अस्पतालमा १ जना पठाइएको चन्दले जानकारी दिए ।
झापा कमल गाउँपालिका-४ बस्ने वर्ष ३८ की बिनु लिम्बु र दमक नगरपालिका- बस्ने वर्ष ४२ का कलिन्द्र शेर्मालाई थप उपचारका लागि बिएण्डसी अस्पताल लगिएको छ ।भने मोरङ मधुमल्ला ८ बस्ने वर्ष ३६ कल्पना कटुवालका ४ वर्षकाछोराको दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात् थप उपचारको लागी न्युरो अस्पताल विराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पथरी शनिश्चरे नगरपालिका-१ का वर्ष ४० की पूर्णमाया पोखरेल, दमक नगरपालिका-८ बस्ने वर्ष ५१ होम बहादुर भट्टराई, सुनसरी इटहरी उपमहानगरपालिका-५ बस्ने वर्ष ३८ का शारदा खड्का, दमक नगरपालिका–५ बस्ने वर्ष ४५ अच्युत निरौला, कमल गाउँपालिका-५ बस्ने वर्ष ३८ लीला चौहानलाई थप उपचारका लागि न्युरो अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताए ।
अन्य घाइतेहरूको अवस्था सामान्य रहेको र दमककै विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । बस अशोक बोट र टिपर चालक शेर बहादुर राईलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।



कागजपत्र |
