७२ जिल्लामा फैलियो डेंगी, बाग्मतीमा बढी


काठमाडौं- देशका ७२ जिल्लामा डेंगी संक्रमण पुष्टि भएको छ । सन् २०२४ को सुरुदेखि जुन दोस्रो सातासम्म सो जिल्लामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

हालसम्म सबैभन्दा बढी बाग्मती प्रदेशमा डेंगु संक्रमित हुनेको संख्या धेरै देखिएको छ । बाग्मती प्रदेशमा मात्रै हालसम्म ४ सय ३ जना संक्रमित भएका छन् । त्यस्तै, दोस्रोमा कोशी प्रदेशमा २ सय ७७ जना संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा १ सय ८७ जना र लुम्बिनी प्रदेशमा १ सय ३९ जना संक्रमित भएको रिपोर्ट सार्वजनिक भएको छ । त्यस्तै, मधेस प्रदेशमा ३४ जना, कर्णाली प्रदेशमा संक्रमितको संख्या १७ जना र सुदूरपश्चिम प्रदेशमा १ सय १८ जना डेंगुबाट संक्रमित भइसकेका छन् ।

जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै १२२ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । यस्तै, झापामा १११ जनामा डेंगी पुष्टि भएको छ । चितवनमा ७४, मकवानपुरमा ५८ जना संक्रमित भएको तथ्यांक छ ।

यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।

प्रतिक्रिया