गण्डकीका ऊर्जामन्त्री फणिन्द्र देवकोटा पदमुक्त


काठमाडौं – गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा सांसद पदबाट पदमुक्त भएका छन् । प्रदेश सभाको आज बसेको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको सूचना दिएका हुन् ।

डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका थिए । माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएको भन्दै माओवादीले उनलाई कारवाही गरेको थियो ।

विश्वासको मत दिएपछि देवकोटा भोलिपल्ट ऊर्जामन्त्री बनेका थिए ।

माओवादी केन्द्रले ह्वीप उल्लंघनमा कारबाही गर्दै सभामुखलाई पत्र बुझाएको थियो । पदमुक्त भएसंगै देवकोटाको सांसदसँगै मन्त्री पद पनि गएको छ ।

प्रतिक्रिया