ब्यास नगरपालिकाको पुनः मतगणना स्थगित


पोखरा — उच्च अदालत पोखराको आदेशमा २ असारका लागि तय भएको व्यास नगरपालिकाको मेयरका लागि भएको निर्वाचनको पुनः मतगणना स्थगित भएको छ ।

मेयर वैकुण्ठ न्यौपानेले मतदान रोक्न दिएको सर्वोच्चमा दिएको रिटअनुसार मतदान स्थगित गरिएको उच्च अदालत, पोखराका सहरजिस्ट्रार विश्व पौडेलले जानकारी दिए ।

मेयरका प्रत्यासी दीपकराज जोशीको रिटमा उच्च अदालत, पोखराले असार २ गते व्यासको पुनः मतगणना गर्ने आदेश गरेको थियो । त्यसविरुद्ध मेयर न्यौपानेले सर्वोच्च गए ।

उनको रिट सर्वोच्चमा ‘हेर्न नभ्याइने’मा परेपछि मेयर न्यौपानेले पुनः मतदान रोक्न माग गर्दै उच्च अदालत पोखरामै निवेदन दिएका थिए ।

 

प्रतिक्रिया