राष्ट्रिय सहमतिमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्छ: परराष्ट्रमन्त्री श्रेष्ठ


काठमाडौं – उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिका साथ शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले शान्ति प्रक्रियाका दुई महत्त्वपूर्ण कार्यभार पूरा गरिसकेको बताएका हुन् ।

उनले भने, ‘अब संक्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी छ । राष्ट्रिय सहमतिका साथ त्यसलाई पनि तत्काल पूरा गर्नुपर्छ ।’

मन्त्री श्रेष्ठले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका काम सकेर शान्ति प्रक्रियालाई समग्रमा पूरा गर्न जरुरी रहेको बताए । उनले भने, ‘शान्ति प्रक्रियाको बाँकी कार्यभारलाई पूरा गरेर दिगो शान्ति स्थापना गर्नुपर्ने आजको आवश्यकता हो ।’

प्रतिक्रिया