सरकारलाई अख्तियारको पत्र, एनजिओ/आइएनजिओमा रहेकालाई राजनीतिक नियुक्ति नदिन आग्रह


काठमाडाैं-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ)को कार्यकारी पदमा रहेकालाई सरकारी, सार्वजनिक नियुक्ति नदिन सरकारलाई आग्रह गरेको छ ।

सरकारी, सार्वजनिक कार्यालय, समिति तथा संस्थानमा नियुक्ति दिँदा त्यसमा गैरसरकारी संस्थाको कार्यकारी पदमा बसेका व्यक्तिले स्थान नपाउने व्यवस्था गर्न सरकारलाई अख्तियारले पत्राचार गरेकाे  हाे  ।

अख्तियारकाे पत्र पाएपछि मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, निकाय, प्रदेश र स्थानीय तहसमेतमा पत्राचार पनि गरिसकेकाे छ ।

निजामती सेवा ऐनले सम्बन्धित सेवाबाहेक अन्य गैरसरकारी संस्थामा आबद्ध हुन रोक लगाएको छ । तर, सरकारी सार्वजनिक नियुक्तिमा भने यस्तो खालको कानुन छैन । साेही कारणा आगामी दिनमा त्यसलाई रोक्न अख्तियारले आग्रह गरेकाे हाे ।

 

प्रतिक्रिया