अर्थमन्त्री पुनमाथि खनिए माओवादी सांसद सापकोटा


काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेट पूरानो मानसिकताबाट माथि उठेर आउन नसकेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन ।

उनले माथिबाट बजेट बाँड्न सक्दा मात्र निर्वाचन जित्न सकिन्छ भन्ने ह्याङओभरले काम गरेको बताए ।

सापकोटाले खेतीयोग्य जमिनमा प्लटिङ भइरहेको उल्लेख गर्दै यस्तो कार्यमा राज्यको ध्यान पुग्नुपर्नेमा जोड दिए ।
गरिबी निवारण मन्त्रालयको बजेटमा गरिबी निवारण गर्ने योजना चाहीँ के छ भन्दै सांसद सापकोटाले प्रश्न गरे ।

प्रतिक्रिया