अस्ट्रेलिया जाने विद्यार्थीका लागि झनै कडा नियम


काठमाडाैं- अस्ट्रेलियाले पर्यटक भिसालाई विद्यार्थी भिसामा परिणत गर्ने कार्यलाई आउँदो जुलाई १ देखि रोक लगाउने भएको छ । गृह मामिलासम्बन्धी मन्त्री ओ नीलले बुधबार एक वक्तव्य जारी गर्दै यस्तो बताएकी हुन् ।

गत वर्ष अस्ट्रेलियाले सार्वजनिक गरेको आप्रवासी रणनीतिमा विद्यार्थी र अरू अस्थायी भिसाधारीलाई निरन्तर रूपमा वा कतिपयका हकमा अनिश्चितकालसम्म बस्ने ‘छिद्र’लाई अन्त्य गर्ने भनिएको थियो ।

पर्यटन भिसामा आएर विद्यार्थी भिसामा परिणत गर्न आवेदन दिनेको संख्या सन् २०२३ जुलाई १ देखि २०२४ मे अन्त्यसम्म ३६ सयभन्दा बढी रहेको जनाइएको छ । तर  अब टेम्पोररी ग्राजुएट भिसा होल्डरले प्रवेशविन्दुमा विद्यार्थी भिसाका निम्ति आवेदन दिन सक्ने छैनन् ।

प्रतिक्रिया