गोदामबाट २० लाखको सामान चोरी गर्ने ममतासहित ३ पक्राउ


काठमाडौं – राजधानीको एक गोदामबाट २० लाख भन्दा बढीको सामान चोरी गर्ने ३ जना पक्राउ पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको एक टोलीले राजधानीको कोटेश्वरस्थित आहाना इन्टरप्राइजेजको गोदामबाट चोरी गर्ने ३ जनालाई पक्राउ गरेको हो । उनीहरु तीनै जनालाई कोेटेश्वरबाट पक्राउ गरिएको पनि जनाएको छ ।

कार्यालयका अनुसार उक्त गोदामबाट २० लाख २४ हजार भन्दा बढीको सामान चोरी गर्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरीका सोनु गदाल, भक्तपुर ठिमी–१ लोकन्थलीका अनिश थापा र नवलपरासी रामनगर सुनौलका ममता घलेलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २४ कार्टुन फेरेक्स जेन्टल पाउडरका साथ एक थान मोबाइल पनि बरामद भएको कार्यालयका सूचनअधिकृत प्रहरी उपरिक्षक (एसपी) अंगुर जिसीले जनाए ।

प्रतिक्रिया