

गहना लुटेर ऋण तिर्न दम्पत्तीकाे हत्या

काभ्रे- काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाको- ४ स्थित तीनखुट्टेमा भएको दम्पत्ती हत्यामा संलग्न एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका -१ घर भई बलेफी गाउँपालिका- १ बस्दै आएका ३८ वर्षीय एकेन्द्र सार्की रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
८ जेठमा ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकैमाया बलको हत्या गरेकाे स्वीकारेका गरेका छन् । उनले फलामको रडले हानी हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।

