

गण्डकी मन्त्रिमण्डल विस्तार, मनाङे र देवकोटाले लिए शपथ

पोखरा — गण्डकी प्रदेशमा नवनियुक्त मन्त्री फणीन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे) ले शपथ लिएका छन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री देवकोटा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री मनाङेलाई पद तथा गोपनीयताको शपथ खुवाए ।
मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सोमबार लिएको विश्वासको मतमा देवकोटाले फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए भने स्वतन्त्र सांसद मनाङेले पनि विश्वासको मत दिएका थिए ।

