क्रिकेटर प्रतिश जिसीकी आमा भन्छिन् – सन्दीप टिममा आउँदा खुशी छु, सबै खेलाडीहरु हाम्रै छोरा हुन्


काठमाडाैं- आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको १५ सदस्यीय नेपाली टोलीमा भएका प्रतिश जिसीको ठाउँमा सन्दीप लामिछाने खेल्ने तय भइसकेको छ । अब प्रतिश वैकल्पिक खेलाडीको रुपमा रहने भएका छन् ।

आफ्नो छोराको स्थानमा लामिछाने खेल्ने भएपछि प्रतिशकी आमा प्रतिभाले जुन खेलाडी टिममा भएपनि नेपालको लागि राम्रो खेल्ने खेलाडी टिममा हुनुपर्ने धारणा राखेकी छिन् । मंगलबार सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले सन्दीप फेरि टिममा हुँदा मन खुसी भएको बताएकी छिन् ।

‘यहाँ मेरो छोरो तेरो छोरो भन्दा पनि सबै खेलाडीहरु हाम्रै छोरा हुन् । यहाँ छोरोले भन्दा पनि देशले जित्नुपर्नेछ । जुन खेलाडी टिममा भएपनि नेपालको लागि राम्रो खेल्ने खेलाडी टिममा हुनुपर्छ । हामी देशले जितेको हेर्न चाहन्छौँ’ उनले लेखेकी छिन्, ‘
सन्दीप टिममा पुनरागमन हुँदा एकदमै खुशी छु । नेपाली क्रिकेट टीम एउटा परिवार हो यहाँ दाइ र भाइ जो खेले पनि देशकै लागि खेल्ने हो । सन्दीपलाई शुभकामना ।’

भिसा नदिँदा अमेरिका जान नपाएका सन्दीप वेस्टइन्डिज हुने दक्षिण अफ्रिका र वंगलादेशसँग प्रतिस्पर्धामा भने समावेश हुने भएका हुन् ।

प्रतिक्रिया