दीपक मनाङ्गे, फेरि मन्त्री !


कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् ।

सोमबार विश्वासको मत पाएका पाण्डेले आज सांसदद्वय फणीन्द्र देवकोटा र दिपक मनाङे (राजीव गुरुङ)लाई मन्त्री नियुक्त गर्न लागेका हुन् ।

उनीहरूलाई आजै शपथ गराउने तयारी छ । देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

स्वतन्त्र सांसद मनाङे छैटौँपटक मन्त्री बन्दै छन् ।

गण्डकीमा कुनै पनि दलको स्पष्ट बहुमत नपुग्नु र मनाङ्गे निर्णायक हुनुका कारण उनी सधैं मन्त्री बनिरहेका छन् ।

प्रतिक्रिया