नरेन्द्र मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान


काठमाडौं । भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली प्रस्थान गरेका छन् । दुई दिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गरेका हुन ।

भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ ६ बजे शपथ लिने कार्यक्रम छ ।

मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्डसँग आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया