प्रतिबन्ध खुलाइदिन भन्दै टिकटकले फेरि नेपाललाई पठायो पत्र


काठमाडौं-  प्रतिबन्ध फुकुवा गराइदिन टिकटकले नेपाल सरकारलाई सातौं पटक पत्र पठाएको छ । १७ मेमा कम्पनीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्राचार गर्दै टिकटक खुलाउन पुनः अनुरोध गरेको हो ।

टिकटक साउथ एसियाले सञ्चार तथा सूचना प्रविधी मन्त्री र गृह मन्त्रीलाई समेत बोधार्थ पठाएको छ। टिकटकले यसअघि गत जनवरी २२ मा प्रधानमन्त्री प्रचण्डलाई पत्र लेखेर टिकटक बन्द नगर्न आग्रह गरेको थियो ।

सरकारले गत कात्तिक २७ गते टिकटकलाई प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया