

जङ्गली च्याउ खाँदा एकै परिवारका पाँचजना अस्पताल पुगे

सिन्धुली- जङ्गली च्याउ खाँदा सिन्धुलीमा एकै परिवारका पाँच जना बिरामी परेका छन् । तीनपाटन गाउँपालिका- ४ विस्टार बस्ने केशरबहादुर भुजेलको परिवारले जङ्गली च्याउ खाँदा पाँच जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशवकुमार कट्टवालले जानकारी दिए ।
जङ्गली च्याउ खाँदा ६७ वर्षीय केशरबहादुर , उनकी श्रीमती ५३ वर्षीया पूर्णमाया भुजेल, उनको छोरा ३८ वर्षीय घनश्याम, उनका नाती २१ वर्षीय किरण र नातिनी बुहारी २० वर्षीया नानीमाया समाल बिरामी भएका हुन् ।
अहिले उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र लाम्पाङटारमा उपचार भइरहेको इन्स्पेक्टर कट्टवालले बताए ।

