‘लागूऔषध कहीँ रिसाइकिलिङ त भइरहेको छैन, आशंका छ’


काठमाडौं- आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जवाफ माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपालका लाखौं युवा लागुऔषध दुर्व्यसनमा परेको बताए । ‘नेपालको कानुनले प्रतिबन्ध गरेको लागूऔषध बेचबिखन, बिक्री वितरण खुलेआम पाइरहेको स्थिति छ । यो किन भइरहेको हो ? यसमा गृहमन्त्रको जवाफ चाहन्छौं,’ उनले भने ।

उनले लागूऔषध नियन्त्रणको जिम्मेवारी पाएको प्रहरी प्रशासनको भूमिकामाथि  प्रश्न पनि उठाएका छन् ।  ‘अहिलेसम्म जतिपनि लागूऔषध समातिए, त्यसको स्टोर कहाँ हुन्छ ? नष्ट हुन्छ कि त्यसको स्टोर हुन्छ ? नष्ट भएको हो भने कति नष्ट भएको हो ? कहिले नष्ट भएको हो ? यदि स्टोर भएको छ भने कहाँ स्टोर भएको छ ? र कति स्टोर छ ? हामी जान्न चाहन्छौं’ उनले भने,’मान्छेहरुको आशंका छ, लागूऔषध कहीँ रिसाइकिलिङ त भइरहेको छैन । त्यसमा संलग्न व्यक्तिहरुले फेरि माकेर्टमा पठाउने व्यापार त गरिरहेको छैन ?’

प्रतिक्रिया