सर्वदलीय बैठक: को-को गए राष्ट्रपति कार्यालय ? (सूचीसहित)


काठमाडौं – राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वदलीय बैठक अहिले जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले समयसामयिक विषयमा छलफलका लागि राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएकी हुन् ।

पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई बोलाइएको बैठकमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल भने अनुपस्थित भएका छन्र । त्यस्तै पूर्वप्रधानमन्त्री एवं जसपाका नेता बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पनि बैठकमा उपस्थित छैनन् ।

सर्वदलीय छलफलमा भाग लिन नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगेका छन्। प्रचण्डसँगै माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरूङ पनि राष्ट्रपति निवास पुगेका छन् ।

तीन महिनापछि प्रधानमन्त्री ओली र नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड मंगलबार आमने सामने भएका हुन्। यसलाई शितलनिवासले जुराएको अवसरका रुपमा पनि बुझिएको छ। ५ पुसमा प्रतिनिधि सभा विघटन भएपछि ओली र प्रचण्ड एक अर्काका कडा आलोचक भएका थिए।

नेकपाबाट एमाले र माओवादी छुट्टाछुट्टै भएपश्चातको पनि यो पहिलो भेट हो।

बैठकमा उपस्थित भएका नेताहरू :

नेकपा एमाले
केपी शर्मा ओली
ईश्वर पोखरेल
सुवास नेम्वाङ
विष्णु पौडेल
रामबहादुर थापा

नेपाली कांग्रेस
शेरबहादुर देउवा
रामचन्द्र पौडेल
विमलेन्द्र निधी
शशांक कोइाराला

नेकपा माओवादी केन्द्र
पुष्पकम दाहाल ‘प्रचण्ड’
नारायणकाजी श्रेष्ठ
देव गुरुङ

जसपा
महन्थ ठाकुर
उपेन्द्र यादव
राजेन्द्र महतो

राष्ट्रिय जनमोर्चा
चित्रबहादुर केसी

राप्रपा
प्रकाशचन्द्र लोहनी

नेमकिपा
प्रेम सुवाल

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी

प्रतिक्रिया