तीन महिना पछि ओली-प्रचण्ड आमने सामने, शितलनिवासले जुराएको मेसो


काठमाडौ – तीन महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार आमने सामने भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा शितलनिवासमा उनीहरू एक अर्काको आमने सामने परेका हुन् ।

यसलाई शितलनिवासले जुराएको अवसरका रुपमा पनि बुझिएको छ। ५ पुसमा प्रतिनिधि सभा विघटन भएपछि ओली र प्रचण्ड एक अर्काका कडा आलोचक भएका थिए।

नेकपाबाट एमाले र माओवादी छुट्टाछुट्टै भएपश्चातको पनि यो पहिलो भेट हो।

 

प्रतिक्रिया