

माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड चयन, प्रमुख सचेतकमा देव गुरुङ

काठमाडौं – माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।
मंगलबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो ।
त्यस्तै बैठकले प्रमुख सचेतकमा देव गुरुङलाई चयन गरेको छ । माओवादी केन्द्रले संसदीय दलको उपनेता र सचेतक चयन गर्न अझै बाँकी नै छ ।
माअोवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा केपी शर्मा अोली थिए भने देव गुरुङ प्रमुख सचेतक थिए । सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि एमलो र माओवादी केन्द्र ब्यूँतिएको थियो ।

