सामाजिक सञ्जालमार्फत् झन्डै १७ लाख ठगी गर्ने वीरबल पक्राउ


काठमाडौं – सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपमार्फत कुरा गरेर विदेशबाट लाखौँ डलर पठाएको छु भनेर ठग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–९ घर भएर मित्रनगर बस्ने वीरबल घर्तीमगर छन् ।

घर्तीमगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

३ जना पीडितबाट उनले १६ लाख ६२ हजार रकम ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

उनलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।

 

प्रतिक्रिया