सुदूरपश्चिमको मुख्यमन्त्री बचाउन देउवासँग मिल्न सक्छन् माधव नेपाल !

ओलीले सुरुमै भनेका थिए– सोडारीबाहेक जो मुख्यमन्त्री भएपनि हुन्छ


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) मा अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवासंग भेटघाट बढाएपछि केन्द्र र प्रदेश सरकारको समिकरणबारे विभिन्न आशंका उत्पन्न हुन थालेका छन् । सत्तारुढ गठबन्धनमा रहेका नेपालले देउवालाई भटेपछि खासगरी सुदूरपश्चिम प्रदेश सरकारबारे आशंका बढ्दै गएको हो ।

सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेतादीर्घबहादुर सोडारी नेतृत्वमा सरकार छ । तर सो सरकारमा नागरिक उन्मुक्ति पार्टीका दुईजना मन्त्रीबाहेक एमाले र माओवादीका कोही पनि सहभागि छैनन् ।

सत्तारुढ दल नेकपा एमालेले सरकार गठनकै समयमा सोडारीको विकल्प खोज्नुपर्ने अडान राखेको थियो । तर अन्तिम समयमा आएर विश्वासको मत दिएपनि सरकारमा भने सहभागि भएन ।

एमाले एक प्रदेश नेताका अनुसार पार्टी अध्यक्ष केपी ओली सिधैं सोडारीलाई मुख्यमन्त्री बनाउन नसकिने बताएका थिए । ओलीले सरकार गठनका बेला सोडारी हुँदै हुन्न अरु जो भएपनि हुन्छ समेत भनेको नेताहरु बताउँछन् । सोडारीलाई अस्वीकार गरेपछि एकिकृत समाजवादी उन्मुक्ति पार्टीका नेतालाई मुख्यमन्त्री मान्न तयार हुँदै कांग्रेससहितको गठबन्धनमा सहभागि भएको थियो ।

सुदूरपश्चिम सरकारको नेतृत्व नपाए केन्द्रीय गठबन्धनबाट बाहिरीने माधव नेपालको चेतावनीपछि प्रधानमन्त्री पुष्पकमल दहालको पहलमा समाजवादीलाई नै मुख्यमन्त्री दिइएको थियो ।

नेकपा एमाले विभाजन हुँदा सोडारीले सुदूरपश्चिमा ठुलो भूमिका खेलेको र तत्कालीन एमालेले कारवाही समेत गरेकाले ओलीले उनलाई मुख्यमन्त्री बनाउन अस्वीकार गरेका थिए । अझै पनि एमाले नेताहरु सोडारीको पक्षमा खुलेर समर्थन गरेको देखिदैन् ।

प्रदेश सरकारको बजेट ल्याउने समय नजिकिदै गर्दा पनि सुदूरपश्चिममा सरकार विस्तार नहुनुले मुख्यमन्त्री थप संकटमा परेका छन् । माओवादी सासंदहरुले बजेटअघि सरकार विस्तार नभए बजेट पास गर्न नसकिने चेतावनी मुख्यमन्त्रीलाई दिएका छन् । तत्कालका लागि एमाले सरकारमा गएपनि लामो समयसम्म सहकार्य टिक्नेमा एमाले नेताहरु विश्वस्त छैनन् ।

एमाले एक केन्द्रीय सदस्यले भने,‘सोडारीजीलाई पार्टीले कारवाही गरेको हो । उहाँको विगत पनि सकारात्मक छैन् । उहाँप्रति हाम्रो अध्यक्ष पुरै नकारात्मक हुनुहुन्छ । अहिले सरकारमा गएपनि सहकार्य लामो समय टिक्ला जस्तो लाग्दैन् ।’

मुख्यमन्त्री बचाउन गठबन्धन फेर्नसक्छन नेपाल
समाजवादीकै नेताहरुका अनुसार सुदूरपश्चिमको मुख्यमन्त्री पद बचाउन माधवकुमार नेपाल सत्ता गठबन्धनसम्म फेर्नसक्छन् । त्यसैको संकेत हो देउवासंगको भेट । भलै प्रधानमन्त्री प्रचण्डले नेपालले आफुलाई जानकारी गराएरै देउवासंग भेटेको दाबी गरेपनि त्यो दाबीमा सत्यता नभएको समाजवादीका नेताहरु बताउँछन् ।

एकिकृत समाजवादी मधेस र सुदूरपश्चिममा कांग्रेससंग मिल्ने सम्भावना बढ्दै गएको नेताहरु बताउँछन् । कांग्रेस पनि सत्ता गठबन्धन भत्काउनका लागि माधव नेपाल लगायतका साना पार्टीलाई हातमा लिने कोसीसमा छ ।

सुदूरपश्चिममा यसरी बन्नसक्छ नयाँ सरकार
५३ सदस्यीय सुदुरपश्चिम प्रदेश सभाको सबैभन्दा ठुलो दल १८ सिटसहित कांग्रेस हो भने सबैभन्दा सानो दल ४ सिटसहित एकिकृत समाजवादी हो । सरकार गठनका लागि २७ मत आवश्यक हुन्छ ।

माओवादी र एमालेका समान ११/११ सिट छन् भने नागरिक उन्मुक्ति पार्टीका ७ छन् । राप्रपा र स्वतन्त्र १/१ छन् । नागरिक उन्मुक्ति पार्टीभित्र विवाद छ । जसकारण रेशमलाल चौधरी पक्षका ५ जना सांसदले सोडारीलाई मुख्यमन्त्रीमा मत दिएनन् भने अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षमा २ जनाले मत दिए । उनीहरु दुवैलाई सोडारीले मन्त्री बनाएका छन् ।

यस्तोमा कांग्रेसका १८,समाजवादीका ४ र नागरिक उन्मुक्ति पार्टी रेशम पक्षमा ५ जना मिले बहुमतको सरकार बन्न २७ मत पुग्छ । यही रणनीतिका साथ समाजवादीका अध्यक्ष नेपालले देउवासंगको भेटघाट बढाएको बताइएको छ ।

मधेस प्रदेश सरकारमा सहभागी मन्त्री फिर्ताको तयारी
नेकपा (एकीकृत समाजवादी)ले मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा त समाजवादीले आफ्नो पार्टीबाट मन्त्री बनेकालाई फिर्ता बोलाउने भएको हो ।

मधेस सरकारबाट एमाले र माओवादीले यसअघि नै आफ्ना मन्त्री फिर्ता बोलाइसकेको छ ।

नयाँ समीकरणअनुसार मधेसमा एमाले, माओवादी केन्द्र, जनमत र एकीकृत समाजवादी मिलेर सरकार बनाउने तयारी छ । तर आफुले रोजेको मन्त्रालय नपाए मधेस सरकारमा पनि समाजवादी सहभागि नहुनसक्ने बताइएको

प्रतिक्रिया