भारतमा बंगलादेशका सांसदको हत्याका आरोपी नेपालबाट पक्राउ


काठमाडौं- बंगलादेशका सांसद अनवारुल अजिम अनारको हत्यामा संलग्न रहेको आरोप लागेका एक जनालाई नेपालबाट पक्राउ गरिएको छ । हत्याका मुख्य अभियुक्त सियाम हुसेनलाई काठमाडौंबाट पक्राउ गरिएको ढाका ट्रिब्युनले जनाएको छ।

उपचारका लागि मे १२ मा भारत पुगेका सांसद अनार भोलिपल्टदेखि नै सम्पर्कविहीन बनेका थिए । मे २२ मा बंगलादेश सरकारले उनको मृत्युको पुष्टि गरेको थियो ।  उनी कोलकातामा मृत फेला परेका थिए ।

उनको शव टुक्रा टुक्रा गरेर तालमा फालिएको अनुसन्धानमा खुलेको थियो ।

प्रतिक्रिया