

उपचारका लागि दिल्ली लागे कांग्रेस नेता सिंह

काठमाडाैं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह उपचारका लागि भारततिर लागेका छन् । उनी श्रीमती सिर्जना सिंह र छोरासहित शुक्रबार दिल्ली उडेका छन् ।
उनीलाई प्रोष्टेटको समस्या रहेकाे बताइएकाे छ । नेपालमा बसेर उपचार गरिरहेका उनी डाक्टरहरूकै सिफारिसमा दिल्ली गएको कांग्रेस नेता युपी लामिछानेले बताए ।
पार्टीका पूर्वमहामन्त्री समेत रहेका सिंह मधुमेह र उच्च रक्तचाप समस्याबाट पनि पीडित थिए ।

