

जनमतको नेतृत्वमा मधेश सरकार गठन गर्ने सहमति

काठमाडौँ – मधेश प्रदेश सरकार जनमत पार्टीको नेतृत्वमा गठन गर्ने पाँच दलबीच सहमति भएको छ ।
बिहीबार साँझ जनकपुरमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र एकीकृत समाजवादी दलको सहभागितामा जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने सहमति भएको हो।
सहमति पत्रमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनमतका संसदीय दलका नेता महेश प्रसाद यादव र माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद शाहले संयुक्त पत्रमा हस्ताक्षर गरेका हुन्।

