के हार्दिक पाण्डेया र नताशा अलग हुँदैछन् ? ७० प्रतिशत सम्पत्ति लिएर डिभोर्स गर्न लागेको चर्चा


काठमाडौं- भारतीय क्रिकेटर हार्दिक पाण्डेयको समस्या बढ्नेक्रम जारी रहेको छ। आइपीएलकाे याे सिजन मुम्बई इण्डियनको कप्तान बनेदेखि नै चर्चामा रहेका हार्दिकको प्रदर्शन यस सिजनमा सोचे अनुसार हुन सकेन ।

आइपीएलबाट बाहिरिएपछि हार्दिकको निजी जीवन चर्चामा रहेको छ ।  आजभाेलि हार्दिक पाण्ड्याको सम्बन्धविच्छेदको खबरले धेरै हेडलाइन बन्दैछ । सम्बन्धविच्छेदको खबरसँगै उनकी श्रीमती नताशा स्टान्कोभिकले ७० प्रतिशत सम्पत्ति लिने पनि चर्चा छ । तर के यो साँच्चै हुनेछ ?

हार्दिक र नताशाको सम्बन्धविच्छेदको बारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन । यसबाहेक, सम्पत्तिमा सेयरको मुद्दा पनि आधिकारिक रूपमा खुलासा गरिएको छैन ।

तर यी सबै बीचमा यो प्रश्न पनि उठिरहेको छ कि यी दुईबीच सम्बन्धविच्छेदको अवस्था कसरी आयो ? हार्दिक पाण्ड्या र नताशा स्टान्कोभिकले १४ फेब्रुअरीमा सामाजिक सञ्जालमा एकसाथ तस्वीर पोस्ट गरेका थिए । त्यसपछि दुवैको तस्विर सँगै देखिएन ।

उनीहरुको सम्बन्धविच्छेदको खबरको वास्तविक कारण भने खुल्न नसकेको भए पनि लामो समयदेखि उनीहरुबीचको कुरा राम्रो नरहेको निश्चित छ ।

भारतीय अलराउन्डर हार्दिक पाण्ड्या र मोडल नताशा स्टान्कोभिकले २०२० मा विवाह गरेका थिए। तर, बिस्तारै दुवै अलग–अलग बाटोमा लागे र अहिले डिभोर्सको खबर चलिरहेको छ ।

 

प्रतिक्रिया