बनेपामा पत्नीसँग झगडा हुँदा पतीले आफ्नै शरीरमा आगो लगाए


काठमाडौं- काभ्रेको बनेपा नगरपालिकामा एक पुरुषले आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाएका छन् ।

वडा नम्बर ७ बस्दै आएका पर्सा वीरगञ्ज महानगरपालिका–२७ का ३५ वर्षीय अरूणकुमार यादवले आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाएका हुन् ।

श्रीमतीसँगको विवादका क्रममा उनले शरीरमा आगो लगाएकाे वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल पठाइएकोमा त्यहाँबाट उनीलाई थप उपचारका लागि  बोर्न अस्पताल कीर्तिपुर रिफर गरिएको छ ।

प्रहरीले जुम्ल्याहा छोरीसहित यादवकी श्रीमती उषादेवी यादवलाई नियन्त्रणम लिएको छ ।

प्रतिक्रिया