लोसपाको महासचिवमा यादव मनोनित


काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको महासचिव पदमा शीतलप्रसाद यादव मनोनित भएका छन् ।

अध्यक्ष महन्थ ठाकुरले सिरहाका यादवलाई पार्टीको संशोधित अन्तरिम विधानअनुसार केन्द्रीय सदस्य यादवलाई महासचिव पदमा मनोनित गरेका हुन् ।

लोसपा नेपालले महाधिवेशन लक्षित सदस्यता वितरण अभियान सुरु गरेको छ । जसअनुसार सिरहामा अगामी शनिबार सदस्यता वितरण कार्यक्रम हुने तय भएको छ। गत असोज ८ गते अध्यक्ष ठाकुरले तीन सय ११ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए ।

कार्यसमितिमा अध्यक्षसहित ६४ जना पदाधिकारी रहेका छन् । पदाधिकारीमध्ये राजेन्द्र महतो, अनिलकुमार झा, केशव झा, कौशलकुमार सिंहलगायत पदाधिकारीले पार्टी छाडिसकेका छन् ।

प्रतिक्रिया