चिकित्सक लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ५४.६२ प्रतिशत उत्तीर्ण


काठमाडौं-  चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको  छ। नेपाल मेडिकल काउन्सिलले गत सोमबारदेखि सञ्चालन गरेको परीक्षामा ५४.६२ प्रतिशत उत्तीर्ण भएका हुन् ।

काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवका अनुसार परीक्षा दिन एमबीबीएसतर्फ १ हजार ३७१ जनाले फारम भरे पनि परीक्षामा १ हजार ३५६ जना मात्रै सहभागी भएका थिए । उनीमध्ये ७५१ जना (५५.३८ प्रतिशत) परीक्षार्थी उत्तीर्ण भएका छन् ।

यस्तै बीडीएस तर्फ ३०१ जनाले परीक्षाका लागि फारम भरे पनि २९९ जना मात्रै परीक्षामा सहभागी भएका थिए । ती मध्ये १५३ जना (५१.१७ प्रतिशत) उत्तीर्ण भएका छन् । काउन्सिलले वीडीएसमा दुई जना परीक्षामा अनुपस्थित रहेको जनाएको छ ।

 

प्रतिक्रिया