

गाडीको ठक्करबाट ग्वार्कोमा एक जनाको मृत्यु

काठमाडौं- ललितपुर महानगरपालिका-१७ ग्वार्कोमा गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिराहा घर भई कोटेश्वर बस्दै आएका ३२ वर्षीय जयनाथ यादव रहेका छन् ।
उनी सवार प्रदेश ०२-०१-००२ प ९१७५ नम्बरको मोटरसाइकललाई राति १० बजेतिर ग्वार्कोमा पहिचान नभएको गाडीले ठक्कर दिएको थियो ।
ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।

