चराको प्वाँख ३७ लाखमा बिक्री


काठमाडाैं- न्यूजिल्याण्डको लोप भैसकेको हुइया चराको प्वाँख २८ हजार ४१७ अमेरिकी डलरमा लिलामी भएको छ। नेपाली रुपैयाँमा यसकाे मूल्य ३७ लाख ८९ हजार ६९१ पर्न जान्छ ।

लिलामी गर्ने कम्पनीले ३ हजार अमेरिकी डलरसम्म पाउने अपेक्षा गरेकाे तर यसले पुराना रेकर्ड ध्वस्त भएको बताएको छ ।

यो चरा न्युजिल्याण्डको माओरी जनजातिका लागि धेरै पवित्र मानिन्थ्यो । जनजातिले आफ्नो पगडीमा यो चराको प्वाँख लगाउने गर्थे। साथै प्वाँखलाई उपहारको रूपमा पनि प्रयोग गरिन्थ्यो ।

न्यूजिल्याण्डको संग्रहालयका अनुसार यो चरा अन्तिम पटक सन् १९०७ मा देखिएको थियो ।

 

प्रतिक्रिया