सहकारी ठगीविरुद्ध कांग्रेसले आन्दोलन गर्ने


काठमाडौं- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै सडक आन्दोलन गर्ने  निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा बसिरहेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा कांग्रेसले आन्दोलनमा जानेगरी कार्यक्रम प्रस्ताव गरेको हाे ।

संयुक्त बैठकले पहिलो चरणमा शुक्रबार काठमाडौं केन्द्रित प्रदर्शन निर्णय गरेको छ । त्यसपछि पनि चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्नेगरी कांग्रेसले मिति प्रस्ताव गरेको छ ।

 

प्रतिक्रिया