स्वास्थ्यमन्त्री यादवलाई एमालेकाे १६ बुँदे ध्यानाकर्षण पत्र
काठमाडौं- नेकपा एमालेले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवलाई ध्यानाकर्षण पत्र बुझाएको छ । एमाले स्वास्थ्य विभाग प्रमुख एवं पूर्व स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको टोलीले मन्त्री यादवलाई भेटेर १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो।
पत्रमा एमाले नेतृत्वमा रहेको सरकारले शुरु गरेका तर हाल सुस्त गति वा स्थगित भएका कार्यक्रमलाई अघि बढाउन भनिएको छ । यस्तै स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी ढंगबाट सुचारू गर्नका लागि उपचार कार्यविधि, औषधि आपुर्ति सहजता, सेवा सुनिश्चितता र स्वास्थ्यकर्मी पहिचान लगायत समयमा सेवा शुल्क भुक्तानिकालागि तत्काल प्रक्रियागत ढिलाई र कानुनीरुपमा रहेका जटिलतालाइ हल गरी सेवाको सुनिश्चितताको लागि समेत अनुरोध गरिएको छ ।