

इन्जिनमा आगो लागेपछि एयर इन्डियाको विमानको आपतकालीन अवतरण

काठमाडौं- इन्जिनमा आगो लागेपछि एयर इन्डियाको विमानको आपतकालीन अवतरण भएको छ ।
बैङ्गलुरुबाट कोची उड्न लागेको विमानको एक इन्जिनमा आगो लागेपछि शनिबार राति ११:१२ बजे आकस्मिक अवतरण भएको थियो ।
बैङ्गलुरुको केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थलमा फुल-स्केल आपतकाल घोषणा गरि विमानको सकुशल अवतरण गराइएको थियो । विमानमा १७९ यात्रु र ६ पाइलट दलका सदस्य रहेको जनाइएको छ ।
अवतरण गर्ने बित्तिकै आगलागी नियन्त्रणमा लिएर विमानमा सवार सबैको उद्धार गरिएको थियो ।

