

बकैया कार दुर्घटना अपडेट : घाइते दुई जनाको मृत्यु

काठमाडौं- कान्ति लोकपथमा पर्ने मकवानपुरको बकैया गाउँपालिका-१२ ठिंगन नजिकै आज (शनिबार) बिहान भएको कार दुर्घटनामा घाइते भएका ३ मध्ये दुईजनाको मृत्यु भएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका- ८ का प्रमेबहादुर ब्लोन र रौतहटको मौलापुर नगरपालिका ६ का १७ वर्षीय विवेक साहको मृत्यु भएको हो ।
उनीहरुलाई हेटौँडा अस्पतालका डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
कार चालक सन्दिप साहलाई भने थप उपचारका लागि हेटौँडास्थित मकवानपुर सहकारी अस्पताल पठाइएको छ । साहको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
आज ललितपुरबाट हेटौँडातर्फ जाँदै गरेको ग ३ च ९४७५ नम्बरको कार कान्तिलोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगन नजिकै सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।

